एउटा बैंकको एटिएम कार्ड अर्कामा नचल्ने

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स)ले एउटा बैंकको एटिएम कार्ड अर्कोमा नचल्ने बताएको छ। नेप्सले सूचना जारी गर्दै नेप्समा आवद्ध बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सोही बैंकको एटिएममा मात्रै चल्ने जानकारी गराएको छ।

अब बैंक खाता भएमा मात्रै श्रम स्वीकृती दिइनेछ,’ बैदेशिक रोजगार विभागमा महानिर्देशक भिष्म भुसालले भने । उनले विकट र टाढा बाट आएका जसको खाता खोल्न आवस्यक कागजात नभएमा अवस्थामा भने विभागले सम्झौता गर्न सक्ने बताए । ‘यो निमय लागु भइसक्यो, अब श्रम स्वीकृतीको लागि बैंक खाता अनिवार्य चाहिन्छ,’ उनले भने ।

विभागका अनुसार विदेशिक रोजगारमा जानुपुर्व हुने सबै कारोबार समेत त्यही बैंक खाताबाट भएको हुनुपर्ने छ । रेमिट्यान्सलाई औपचारीक रुपमा नेपाल भित्राउन पनि बैंक खाता अनिवार्य गरिएको महानिर्देशक भुषाल बताउछन् ।

यस्तै बैंक खाता खोल्दा विदेशजाने कामदारलाईनै पनि फाइदाँ हुने विभागले बताउछ । विदेशमा भएको अप्रत्यासित दुर्घटनामा परेर घाइते वा अंगभंग भएमा वा मृत्यु भएमा पनि पिडितले सोही बैंक खाता मार्फत क्षेतिपुर्ति पाउने छ । ‘बैंक खाता भए आर्थिक सहायता पनि छिटो दिन सकिन्छ,’ भुषाले भने ।

विभागले बैंक खाता हुनुपर्ने बाध्यकारी नियम बनेपछि बैंकहरु भने विभागकै कार्यलयमा पुगेर बैंक खाता खोल्न तयार भएका छन् ।

‘केही बैंकहरुले आज देखि ताहाचलको कार्यलयमा पुगेर १० मिनेटमै खाता खोल्ने तयारी गरेका छन्,’ भुषाले भने, ‘यसले गर्दा कामदारलाई पनि सहज भएको छ ।’