कांग्रेसको केन्द्रीय समिति बैठक शुरू

 

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुरू भएको छ । बैठक शुक्रवार अपरान्ह केन्द्रीय कार्यालय सानेपामा शुरू भएको हो ।

बैठकमा भातृ एवं शुभेच्छुक संस्थाहरुको विधान संशोधन र मान्यता प्रदान गर्ने, जनसम्पर्क समितिका सम्बन्धमा र स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई नीतिगत निर्देशन गर्ने विषयमा छलफल हुनेछ । त्यस्तै अवधि समाप्त भएका भातृ संघहरुका बारेमा पनि छलफल हुनेछ ।

पार्टी महामन्त्री पूर्णबहादुर खड्काले गत असार २२ गते प्रस्तुत गरेका १४ एजेण्डामध्ये लगभग सबै एजेण्डामा छलफल भइसकेको छ ।