रवि लामिछाने समर्थकमाथि प्रहरीको लाठीचार्ज

काठमाडौँ : चितवनमा पत्रकार रवि लामिछानेका समर्थकमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछाने निर्दोष रहेको दाबीसहित रिहाइको माग गर्दै प्रदर्शनमा उत्रेका समर्थकमाथि प्रहरीले लाठीचार्ज गरेको हो ।

सो क्रममा केही प्रदर्शनकारी सामान्य  घाइते भएका छन् । चितवनमा रवि लामिछाने समर्थकहरु दिनहुँ प्रदर्शन गरिरहेका छन् ।