शालीकराम पुडासैनी मृत्यु प्रकरणमा गम्भीर अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेस चितवनले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको गम्भीर अध्ययन र अनुसन्धानका आधारमा छानबिन गर्न माग गरेको छ । 

कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ र सचिव उत्तम जोशीले सोमबार विज्ञप्ति जारी गर्दै घटनाको गम्भीर अध्ययन र अनुसन्धानका आधारमा छानबिन गरेर पीडितलाई न्याय दिलाउन माग गरेका हुन् । 

“घटनाको गम्भीर अध्ययन र अनुसन्धानका आधारमा छानबिन गरी पीडितलाई न्याय तथा निर्दोष नपरुन् एव दोषी नछुटुन भन्ने मान्यता स्थापित गर्नका लागि जोडदार माग गर्दैछौं,” विज्ञप्तिमा भनिएको छ ।  

पत्रकार पुडासैनीको मृत्युपछि उत्पन्न असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कांग्रेस चितवनले जनताका मौलिक हक कुनै असहज परिस्थितिमा पनि हनन् हुन नहुनेमा जोड दिएको छ । स्वतन्त्र न्यायपालिका र विधिको शासनको सम्मान हुनुपर्ने तथ्यमा कांग्रेस दृढ रहेको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा शान्तिपूर्ण रुपमा सभा-सम्मेलनमार्फत आफ्ना जायज मागहरुको पक्षिकरण गर्न पाउने संबैधानिक अधिकार प्रत्याभूत गर्न पनि भनिएको छ । जनतामा सरकारप्रतिको विश्वास घट्दै गए कांग्रेसले जोड दिएको छ ।