टोखा छहरे बाटोमा सरकार देखिएन ,निमार्णका लागि जुट्यो नेपालि काङ्ग्रेस

पंचायतकालीन अबस्थामा त्रीशुली पावर हाउस निर्माणका लागि बनेको सडक बालाजु राणीपौवा र ककनी भएर नुवाकोट जाने सडकमात्रै थियो ।

२०४६ सालको परीबर्तन पछि बिकास निर्माणकार्य कार्य तिब्र हुँदै जाने क्रममा नुवाकोटका काङ्ग्रेसका हस्तीहरु डाक्टर रामशरण महत र प्रकाश सरण महतहरुको सक्रियतामा गल्छी ,केरुङको बाटोपनि बन्यो 

बिगत २५ बर्ष पहिले देखि काम सुरुवात भै १६ बर्ष पहिले पिच भै सकेको नुवाकोट,रसुवा र धादिङ तीन जिल्लालाई जोड्ने टोखा, छहरे सडकखण्ड करिबकरिब एक महिना पहिले बन्द अबस्थामा पुगेको थियो । मर्मत नहुँदा जिर्ण हुन् गै, हजारौं यातायातका सवारी साधन चल्ने बाटोको सम्बन्धित निकायको ध्यानाकर्षण नहुँदा बन्द भएको हो ।

 

पिच भएको १४ बर्षपछी २०७२ सालमा तत्कालीन अर्थ मन्त्री डाक्टर रामशरण महतले सो बाटोको लागि ५० करोड मर्मतको लागि बिनियोजन गरेको र ठेक्का रफिना कन्ट्रक्सन लिएको जानकारहरु बताउछन, तर अहिलेको यो दुईतीहाइको सरकारले त्यो भैरहेको काम बन्द गराई जन्तालाई दुख दिएको नुवाकोटका पुर्ब पार्टी सभापति ध्रुब अधिकारीले बताउनुभयो ।

 

 सम्बन्धित निकायले कुनै वास्ता नगर्दा साउन २५ गते नेपाली काङ्ग्रेसका नेता सम्मानित ब्यक्तित्व पुर्ब अर्थमन्त्री रामशरण महत,नेपाली काङ्ग्रेसका सहमहामन्त्री पुर्बमन्त्री प्रकाश सरण महत र केन्द्रिय सदस्य सांसद बहादुर सिङ लामाले संयुक्तरूपमा बाटोको मर्मत कार्यको थालनी गरेका हुन । लामो समयसम्म राज्यको ध्यानाकर्षण नहुँदा जन्ताले दुख पाएपछि आफैंले श्रमदान गरेर भएपनी बाटो मर्मत गर्न लागेको पुर्ब पार्टी सभापति ध्रुब अधिकारीले बताउनुभयो । नुवाकोट जिल्ला नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ र २ को संयुक्त आयोजनामा टोखा छहरे सडक जहाँ २६ किलोमिटरको दुरी रहेकोे छ जो काठमाडौ बाट रसुवा,नुवाकोट र धादिङ जिल्लालाई जोड्ने मुलसडक हो ।

 

यो बन्द भएकोले नुवाकोटका नेपाली काङ्ग्रेसका कार्यकर्ताहरु नुवाकोट जिल्ला नेपाली काङ्ग्रेस बाट निर्बाचित गाउँ पालिका अध्यक्ष ज्युहरु,जिल्ला समन्वय समितिका संयोजक ज्यु,नेपाली काङ्ग्रेसका भातृ संगठनहरु, सबैले श्रमदान गर्दैछन र श्रमदान गर्न चाहने यो बाटोबाट हिड्नु हुने सबैलाई नुवाकोटका पुर्ब पार्टी सभापति अधिकारीले सहभागीताका लागि आग्रह गर्नुभएको छ । नेपाली काङगे्रसका नेता प्रलाद पन्तले सबै एक जुट भएर बाटो ममर्त अनुरोध गर्नभयो यसमा कसैको ब्यतिगत स्वर्थ नभई सामाजिक कार्य भएको बताए।

 

हालसम्म ३०० टिप्पर ग्राभेल सडकमा हालीएको र अब करिबकरिब ३०० टिप्पर अरु लाग्ने र करिबकरिब मर्मतको लागि २ करोडको हाराहारीमा खर्च हुने शिबपुरी गाउँ पालीका वडा नम्बर ६ का वडाध्यक्ष लाल बहादुर तामाङले बताउनुभयो ।

यो मर्मत कार्यमा बिशेष गरि श्रमदानमा खटेका ब्यक्तित्वहरु जिल्ला समन्वय समितिका संयोजक सन्त बहादुर तामाङ नेपाली काङ्ग्रेस नुवाकोट क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति ध्रुब श्रेष्ठ,नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति जगत बहादुर तामाङ,नेपाली काङ्ग्रेस क्षेत्रीय सहसभापती अर्जुन न्यौपाने,शिबपुरी गाउँ पालीका वडा नम्बर ६ का वडाध्यक्ष लाल बहादुर तामाङ,नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ र २ का क्षेत्रीय सचिव राम जि पौडेल र यादव नेपाल, किसान सघका शिब  गुनी रहेका छन ।

 

त्यसैगरी लिखु गाउँ पालीका का वडाध्यक्ष हरीशरण लामिछाने, लिखु गाउँपालिका नेपाली काङ्ग्रेसका सहसंयोजक बिनोद पाठक र नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष उत्तम पाठक रहेका छन् । यसरी सिङ्गो राज्यको धज्जी उडने गरि आमजनताले श्रमदान गर्दा सम्बन्धित निकायले अब के गर्छ हेर्न बाँकी छ ।