ककनीमा बालुवाको पोखरीमा डुबेर एक स्कूले बालकासहित दुइकोे मृत्यु

नुवाकोट -कोल्पु खोलाको कमले दोभान मा स्काभेटर प्रयोग गरि बालुवा झिक्न बनाइएको झण्डै १० मिटर गहिरो पोखरीमा  डुबेर एक स्कुले बालक र एक महिलाको ज्यान गएको छ ।

कोल्पु खोलाको कमले दोभान मा स्काभेटर प्रयोग गरि बालुवा झिक्न बनाइएको झण्डै १० मिटर गहिरो पोखरीमा परि डुबेर मृत्यु भएको हो।

ज्यान जानेमा स्थनीय ककनी गाउँपालिका वडा नं. १ निबासी श्री राजेन्द्र वलामी को छोरी सुश्री विनिता वलामी र सिन्धुली घर भएकी अन्दाजी वर्ष ३० कि नाम थर नखुलेकी महिलाको समेत मृत्यु भएको छ ।महिला बच्चलाई बचाउन जाने क्रममा पानीको पोखरिमा डुबेर भएको हो।

यसरी गैर-जिम्मेवारी तरिकाले खोलामा स्काभेटर प्रयोग गरी बालुवा उत्खनन् गर्नु र लापरवाही तरिकाले बालुवा जम्मा गर्न खाल्टो खन्ने कार्य  ले अवोध नावालक छात्रा र मजदुरको ज्यान गएको हो।

गैर-जिम्मेवारी तरिकाले खोलामा स्काभेटर प्रयोग गरी बालुवा उत्खनन् गर्नु र लापरवाही तरिकाले बालुवा जम्मा गर्न खाल्टो खन्ने कार्यको बिरोध गर्दै यस्तो प्रकारका अवान्छित गतिविधि तत्काल वन्द गर्न स्थानीयले प्रशासनसंग माग गरेका छन ।