त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो भास्कुलर भवनमा आगलागी

काठमाडौं– त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा रहेको  मनमोहन कार्डियो भास्कुलर डिजिज तथा ट्रान्सप्लान्ट सेन्टरको भवनमा आगलागी भएको छ ।

विद्युत सर्ट भएर सो  भवनको माथिल्लो तलामा आगलागी भएको महानगरीय प्रहरी बृत महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाईले जानकारी दिए ।

अहिले आगलागी नियन्त्रण गर्ने प्रयास भैरहेको समेत उनले जानकारी दिए ।