छहरे टोखाको बाटोमा काङ्ग्रेस सरकारको भर नपर्ने- प्रकाशशरण महतको नेतृत्वमा श्रमदान

निराजन बजगाई

नुवाकोट – नेपाली काङ्ग्रेस नुवाकोटका नेता एवम सहमहामन्त्री प्रकाशशरण महतको आतिथ्यतामा बृहत श्रमदान अभियानको सुरुवात गर्न लागिएको हो । कार्यक्रमको शुभारम्भ साउन २५ गते शनिवार बिहान ७ बजेदेखी हुने र महतले श्रमदानको साबेलले खनेर उद्घाटन गर्ने वताईएको छ ।

नुवाकोट काङ्ग्रेसको साबिक १ र २ नंवर क्षेत्रीय कार्यसमितीको आयोजनामा हुने उक्त कार्यक्रमको ब्यबस्थापन भने नुवाकोट – काठमाण्डौ गाउँपालिका स्तरिय सम्पर्क समितीहरुले गरेका छन ।

नुवाकोट काङ्ग्रेसको जिल्ला कार्यसमितीले केहिदिन अघी उक्त सडक सुधारको लागी दवाव दिन भन्दै विरोधस्वरुप चक्काजाम गरेपछी सामाजिक सन्जालमा बिरोध भएको थियो ।

अब जाम होइन् काम ,गफ थोरै काम धेरै ,काम गर्नेको लागि न त पद न त सरकार केबल इच्छा शक्ति चाहिने कुरा क्षेत्रिय सचिब रामजि पौडेल बताउछन ।सरकारले गर्नु पर्ने काम नगरेपछि पार्टिको क्षेत्रीय कार्यसमितीले सडक मर्मतका लागी ब्यबहारिक र लोकप्रीय कार्यक्रम अगाडी सारेको छ

नुवाकोट जाने सबभन्दा छोटो र सस्तो बाटोमा दिनै हजारौ सवारि साधन आवज जावत हुने बाटो जिर्ण बन्दा जनताले ठुलो सास्थी खेप्दै आएका छन् ।केहि समय अधि सत्तारुढ सांसदहस्ले अबलोकन गरि फेसबुक लाइभ मात्र, काम शुन्य भएपछि कांगे्रसले सो निर्णय लियको क्षेत्रिय सचिब रामजि पौडेलले अभियानलाई बताए ।साथै सम्पूर्ण नुवाकोट बासिलाई पनि सामेल हुनको लागि आग्रह गरे।

गत चुनाबमा यसै बाटोलाई देखाएर चुनाबि नारा बनाई चुनाब जितेका माननीय ज्यू समेत मौेन देखिन्छन्। २ महिनामा बाटो सम्मपन्न गर्ने प्रतिबदता जायर गरेका सासद बाटो नबन्दा जनताले बाटो खोई ? भनेर प्रश्न गर्दा अब उतर काङ्ग्रेसको बनाइ दिने भएको छ ।