कार्यालय सरकारी जग्गामा, कांग्रेस अचम्मित

काठमाडौं । नेपाली कांग्रेसले सत्तारुढ नेकपाको केन्द्रीय कार्यालय नियम र नैतिकता विपरीत सरकारी जग्गामा रहेको समाचारले अचम्मित र दुःखीत तुल्याएको बताएको छ  । नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले यस्तो बताएको हो ।त्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भने,’सरकारी जग्गाको भोगचलनसँग सम्बन्धित निति नियमको पालनामा स्वयं सत्तारुढ दलले गम्भीरता राख्दैन भने अरुका लागि उपदेशको नैतिकता कारुणिक बन्न पुग्दछ । हामी आशा गर्छौ यस्तो गम्भीर गल्तीप्रति क्षमायाचना गर्दै नेकपाले तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगाउने छ ।’