प्रतिनिधिसभामा विपक्षीको अवरोध जारी, कार्यसूचीमै प्रवेश नगरी बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राजपाका सांसदहरुले अवरोध गरेपछि सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बैठक भोलिसम्मलाई स्थगित गरेका छन् । सांसदहरुले बेल घेराउ गर्दै नाराबाजी गरिरहेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

सभामुखले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै कांग्रेस र राजपाका सांसदरुले बैठक अवरुद्ध गरेका थिए । सर्लाही घटनाबारे छानबिन गर्न संसदीय समिति गठन गर्नेपर्ने र संसदीय सर्वोच्चता कायम गर्नुपर्ने माग गर्दै कांग्रेस र राजपा सांसदहरुले संसद् अवरुद्ध गरेका हुन् । सभामुख महराले विरोधबारे सरकार र आफूलाई जानकारी भइसकेको भन्दै बारम्बार बस्न अनुरोध गरे पनि नाराबाजी जारी राखेपछि बैठक स्थगित गरेका हुन्

यसअघि आइतबार पनि विपक्षी सांसदहरुले करिब ४० मिनेटसम्म नाराबाजी गरेर संसद चल्न दिएका थिएनन् ।