मैले शेरबहादुरजीको राजीनमा मागेको होइन : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले गत निर्वाचनमा पार्टी पराजित भएपछि आफूले सभापति शेरबहादुर देउवाको राजीनामा नमागेको बताएका छन् । मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा वरिष्ठ नेता पौडेलले सभापतिलाई हारको नैतिक जिम्मेबारी लिनमात्रै भनेको बताएका हुन् । 

“मैले शेरबहादुरजीको राजीनमा मागेको होइन । राजीनामा अरुले मागेका हुन्, मलाई नचाहिने आरोप लगाइरहने ?,’ संस्थापन पक्षले लगाएको राजीनामा मागेको आरोपको खण्डन गर्दै उनले भने, “जब पार्टी हार्‍यो, जिम्मेबारी लिनुस् भनेको हो । राहुल गान्धीले पनि त पार्टी हारेपछि राजीनामा दिए, हारको जिम्मा लिए । पार्टीमा अर्को अध्यक्ष बन्नुपर्छ भने । पार्टीलाई माथि लैजाने सोचे । हारको नैतिक जिम्मेबारी पनि तपाईं नलिने ?”