खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दर्ता, सरकारले ‘सुपरमार्केट’ खोल्ने

सरकारले सञ्चालनमा ल्याउन लागेको सुपरमार्केट दर्ता प्रक्रियामा गएको छ ।

नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेडलाई आपसमा गाँभेर निर्माण गरिने भनिएको सरकारी व्यापार कम्पनी दर्ता प्रक्रियामा गएको हो

चालू आर्थिक वर्षको बजेट वक्तव्यमै संस्थान र ट्रेडिङलाई आपसमा गाँभेर नयाँ कम्पनी स्थापना गरिने व्यवस्था गरिएको छ । सोही अनुसार खाद्य संस्थान र नेसनल ट्रेडिङलाई गाँभेर नयाँ व्यापार कम्पनी निर्माण गर्न मन्त्रिपरिषद्ले २ पटक निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्ले गत माघ १० गते र गत जेठ १४ गतेमा दुवै निकाय आपसमा गाँभेर नयाँ व्यापार कम्पनी स्थापना गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सोही निर्णयपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यापार कम्पनी स्थापनाको प्रक्रियालाई अघि बढाएको छ ।

कम्पनी ऐन २०६३ को दफा १७३ अनुसार खाद्य संस्थान र नेसनल ट्रेडिङलाई गाँभेर ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड’ कम्पनी स्थापनाका लागि कम्पनी रजिस्ट्रारको कार्यालयबाट नाम स्वीकृत भइसकेको छ ।