बाढीका कारण ६५ जनाको मृत्यु (कुन जिल्लामा कति ?)

काठमाडौं । चारदिनदेखिको अविरल वर्षाका कारण अहिलेसम्म ६५ जनाको मृत्यु भएको छ । नेपाली प्रहरीले दिएको तथ्यांकअनुसार विभिन्न जिल्लामा ४१ जना पुरुष र २४ महिला गरी ६५ जनाको मृत्यु भएको हो । बाढी पहिरोमा पर्दा ३८ जना घाइते भएका छन् । जसमा पुरुष २१ र महिला १७ जना रहेका छन् भने ३० जना बेपत्ता छन् ।

प्रहरीका अनुसार १४४६ जनाको सशुकल उद्धार गरिएको छ । सोमबार बिहानसम्मको विवरण भएको प्रहरीले जनाएको छ ।
यस्तो छ जिल्लाको सूची