ओली सरकार नेपाली जनताकोलागी अभिसाप साबित हुँदै

करिब सात दशकसम्म नेपालि जनताले आफ्नै प्रतिनिधिहरुबाट देशको मुल कानुन संबिधान लेख्ने र आफ्नै सहभागितामा जनउत्तरदाइ ,रपारदर्शि तथा जनताको पिडा जनताको तबरबाट संम्बोधन गर्ने साथै जनताको अधिकार कुनै राजा महराजाको अर्शिबादमा नभई जनताको प्रत्येक्ष सहभागितामा स्थापित संबिधान सभामार्फत गराउने क्रममा ब्यतित भयो ।

लामो सद्यर्ष र हजारौको बलिदान बाट प्रप्त उक्त संबिधानसभाबाट सबैधानिक रुपमा नेपाल संघीय गणतन्त्रीक मुलुक बन्न सफल भयो ।जसले नेपालको सार्बभौमसत्ता नेपाली जनतामा सुरक्षीत गरायो। संबिधान जारि भएपछि यसको कायन्वयन गर्नको लागि स्थानिय प्रदेश र संघिय सरकारको निर्वाचन भयो ।

राष्ट्रियता सँघै राजनीतिक स्थायित्व र समृद्धिको चर्को नारादिएका दुई ठुला कम्युनिष्टपार्टी एक हुने उदघोष गरेर चुनावी मैदानमा उत्रिएका थिए।चुनावको परिणाम कम्युनिष्ट गठबन्धन को पक्षमा आयो।चुनाव पश्चात् देशमा दुई तिहाई बहुमत सहित केपी शर्मा बोली को नेतृत्व मा इतिहासकै शर्वशक्तिमान सरकार गठन भयो।कुनैपनी देशको सरकारको प्रमुख दायित्व राष्ट्रियताको प्रबर्द्धन गर्नुनै हुन्छ। राष्ट्रियता को एकमात्र मतियार मैहु भने वोलिसरकार सिमानाका जङ्गे पिल्लर सारिदा चुइक बोलेन बरु सनातन धर्मको संरक्षक सरकार क्रीस्चियन पादरीहरुद्वारा होलि वाइन आचमन गरेर क्रीस्चियन धर्मको प्रचारक बन्यो।हिन्दुहरुको धरोहरको रुपमा रहेको सस्कृति सभ्यता मुल्य मान्यता र परम्पराहरुको क्षयिकरणम यो सरकार स्वयं लागिपरेको कुराको पुष्टि गुठी विधयक मर्फत भएको छ। जनताले ठूलो आशा तथा भरोसा राखेको इतिहासकै बलियो सरकार आफ्नै एकपछि अर्को अलोकपृय निणय को कारण बदनाम हुँदै छ।

भित्रभित्रै मकिदै गयको वोलि सरकार भ्रष्टाचार नियन्त्रण मा असफल साबित छ।अरबौँका भ्रस्टाचार कान्डहरुलाइ लुकाउने प्रयत्नमा सरकार आफै छ भनेकुरा स्वोयं प्रधानमन्त्रीको वाइड्बडी प्रकरणमा रबिन्द्र मिश्र निर्दोष छन भनेर गरेको टिप्पणी बाट स्प्रस्ट भयको छ।समृद्धि को उत्घोसगरेको एस सरकार ले गत डेढ बर्षको अबधिमा जनताले अनुभुति गर्ने एउटापनी काम गर्नसकेको छैन।रेल र पानीजाहाजका कुरागरेर थाक्दै नथाक्ने सरकार बाटोका खाल्डा पुर्न असक्क्षम छ।राज्धनि जोडने कुनैपनी राजमार्ग आरामदाइ यात्रका योग्य छैन।कृषिमा आधारित अर्थतन्त्र 70% को हाराहारिमा कृषक तर 90 % को हारहारिमा खाध्यन्न आयात गर्ने नियतित छदैछ उक्त आयातित बस्तु उपभोग योग्य छकी छैन परिक्षणसम्म गर्नेसाहास नभयको सरकार जनताको भान्छमा बिषाक्त खानेकुरा पुर्याउन उत्धत छ। आलोपाले सरकार सञ्चालन गर्ने गोप्य सहमति सहित दुइ अध्यक्ष वहाहरुको शब्द सापटिकामा जेट बिमानका दुई चालक एक आर्कामा बिश्वास नरहेको र उनिहरुको बिमान दिशाहिन गन्तब्य बिहिन चलिरहेछ । निर्मला हत्या प्रकरण , 4G प्रकरण वइडबडि काण्ड सिन्डीकेट प्रकरण गुठि प्रकरण सुचना तथा सञ्चार बिध्यक सिमामा विषधि परिक्षण जस्ता याबत सवालहरुमा सरकार लाचार र अपरिबक्क देखिएको छ।स्वायम प्रधानमन्त्रीको बोलि गैर साम्सदिय भनेर संसद बाट हटाउने परिस्थतिको निमाण गरेको सरकार जनताको नजरम ागिरेको छ ।

इतिहासमा बिरलै प्राप्त अबसरलाइ जुन रुपमा निरासामा परिर्बतन गराएकोछ र आम नेपालिजनतामाझ निरासा भर्नेकर्ममा यो सरकार छ । दुईतिहाइ बहुमतको सरकार साधन श्रोतको दोहन गरि देशलाई असफल राज्यबनाउने मर्गमा सवर छ तेसैले वोलिसरकार नेपालि जनताकोलागी अभिसप सरकार साबित हुँदै छ।