देउवाले ‘ग्रहदशा शान्त पार्न’ बुढानिलकण्ठस्थित निवासमा सप्ताह पुराण

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘ग्रहदशा शान्त पार्न’ बुढानिलकण्ठस्थित निवासमा सप्ताह पुराण लगाएका छन्। आफ्ना पिताको चौथो पुण्यतिथिसमेत पारेर देउवा निवासमा श्रीमद्भागवत सप्ताह महायज्ञ लगाइएको हो।

महायज्ञ बुधबार समापन हुनेछ। पुराणमा सहभागी हुन कांग्रेस पदाधिकारी, केन्द्रीय सदस्यसहित देउवानिकट नेता-कार्यकर्ताहरू पुगेका छन्।

देउवा र उनकी श्रीमती आरजु राणा देउवा पुराणका लागि बिहानैदेखि खटिन्छन्।अतिथि स्वागत गर्न देउवा आफैं सरिक हुन्छन्।

ज्योतिषिमा विश्‍वास गर्ने सभापति देउवा निर्वाचनका बेला आफू सातपटक प्रधानमन्त्री हुने अभिव्यक्ति दिएर आलोचित भएका थिए।

स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पराजित कांग्रेस पार्टीलाई पुनर्जागरण दिने बताउँदै आएका देउवाले महायज्ञ लगाउनु राेचक घटना हाे।