प्रबल गुरुङले पहिरन बिक्रीको केही हिस्सा नेपाली बालबालिकाको शिक्षामा छुट्याउने

114
ad

काठमाडौं । प्रबल गुरुङ फेसन डिजाइनर मात्र होइनन्, उनी सामाजिक अभियन्तासमेत हुन् । काठमाडौंमा रहेको उनको सामाजिक संस्था शिक्षा फाउण्डेसनले बालबालिकाको शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको छ । गत साता न्युयोर्क फर्कनुअघि उनले यो संस्थामार्फत मधेशका महिलालाई फिल्म लेखनको तालिम सिकाएका थिए ।

प्रबललाई लिएर नयाँ खबर छ । उनले यसै साता सन् २०२४ को लागि नयाँ डिजाइनका पोशाक सार्वजनिक गरे । यी पहिरन बिक्रीको निश्चित हिस्सा बालबालिकाको शिक्षामा काम गर्ने उक्त फाउण्डेसनमा जाने उनले जनाएका छन् । उनले यसबारे थप कुरा पछि विस्तृत रुपमा सार्वजनिक गर्ने पनि बताएका छन् ।

फेसन क्रिटिक्सका अनुसार प्रबलले सन् २०२४ रिसोर्टका लागि महिला सशक्तीकरणको उद्देश्यअनुसारका पहिरन तयार पारेका छन् । यो रिसोर्टमा उनले कालो, पहेंलो, रातो र सेतो पोपी ढाँचामा रोमान्टिक गाउन सिर्जना गरेका छन् । उक्त प्रिन्टलाई साडी शैलीको गाउनमा प्रयोग गरिएको थियो, जुन सुनले सजाइएको थियो ।

गत महिना मेटगालामा प्रबलको डिजाइनमा बलिउड अभिनेत्री आलिया भट्टले चाँदी मिश्रण गरिएको आकर्षक सेतो गाउन लगाएर रेडकार्पेट डेब्यु गरेकी थिइन् । फेमिली भेटघाटका लागि नेपाल आइपुगेका प्रबल गत साता न्युयोर्क फर्किएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here