सेतॊ जुत्तामा हीलॊ त लागेन नि माननीय बद्रि मनैली ज्यू ?

निरञ्जन बजगाई नुवाकोट

असार १५

कृषिप्रधान देशमा कसैले साँच्चिकै हिलाम्मे भएर रोपाइँ गरे त कसैले सामाजिक संजालमा फोटो राख्नका लागि मात्रै भए पनि नाटक गरे ।

कृषिमा नेपालको परनिर्भरता बढ्दै गइरहेको सन्दर्भमा सरकारले यथोचित सिँचाईको व्यवस्था गर्न नसकेको र सबैभन्दा बढी खपत हुने धानका लागि प्रवन्ध गर्न नसकेको आरोप लागेकै छ ।

त्यसमाथि अहिलेको कम्युनिष्ट सरकारले कृषिलाई प्राथमिकता दिनुको सट्टा आधुनिकताका नाममा चर्तिकला गर्दै आइरहेको देखिँदै छ ।

त्यसमाथि आफूले आफैलाई ब्यंग्य गर्ने गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का माननीयले देखाएको हर्कत भने क्षमायुक्त हुन सक्ने अवस्थाकै छैन ।
ती पात्र हुन् माननीय बद्रि मनैली । उनले चुनावका बेलामा धान चुट्दै गरेको फोटो राखेर चर्चा बटुलेका थिए । अहिले फेरि त्यस्तै चर्चा बटुलेका छन् –नकारात्मक चर्चा
सामान्यतया रोपाइ गर्दा हिलो हुन्छ । हिलोमै धानको बीउ रोप्ने हो । तबमात्र रोपाइ हुन्छ ।
हिलोदेखि डराउनेले कहिल्यै हिलोदेखि डराउनेले कहिल्यै पनि रोपाइ गर्न सक्दैन ।
उनले खेतको आलीमा उभेर रोपेको धानमा सेतॊ जुत्ता लगायर रोपाइ गर्दै गरेको फोटो सामाजिक संजालमा ।