थाहा पाइ राखौं कुन विरामीको लागि आँप खान हुँदैन

गर्मी महिनामा आँप सजिलै पाइन्छ । बच्चादेखि बुढासम्म सबैलाई आँप मनपर्छ । स्वास्थ्यका लागि पनि राम्रो मान्निछ । तर, केही यस्ता विरामीहरु हुन्छन् जसको लागि आँप खानु उचीत मानिदैन । थाहा पाइ राखौं कुन विरामीको लागि आँप खान हुँदैन :
डायबिटीज
जो व्यक्तिहरुलाई डायबिटीजको समस्या छ उनीहरुले आँप खानु हुँदैन । आँप धेरै नै गुलियो हुने भएका कारण शरिरमा सुगर लेभल बढ्छ ।
पेटको समस्या
आँपमा फाइवरको मात्रा धेरै हुन्छ । यसले शरिरमा अत्यन्त गर्मी पैदा गर्छ । मानिस जसमा पेटको समस्या छ उनीहरुले पनि आँप खानु हुँदैन ।
मोटोपन
जो मानिसहरुको तौल धेरै छ उनीहरुले समेत आँप खानुहुँदैन । यसमा धेरै सुगर र क्यालोरी हुन्छ । यसका कारण झन् तौल बढ्ने गर्छ ।
एलर्जी
आँप छिटो पाक्न क्यालसियम कार्वाइडको प्रयोग गरिन्छ । जो मानिसहरुलाई एलर्जीको समस्या छ उनीहरुले आँप खानुहुँदैन ।
मुटुको रोगी
यसमा पोटासिशयमको मात्रा ज्यादा हुन्छ । आँप धेरै खाँदा शरिरमा कोलेस्ट्रोल बढ्ने गर्छ । यसले मुटुमा समस्या गर्छ ।
अस्थमा
अस्थमा भएका बिरामीहरुले पनि आँप खानु हुँदैन । यसमा एनाकार्डिक एसिड हुन्छ । यसले सास लिन समस्या पैदा गर्छ ।
दाँत
आँपमा भिटामिन सी हुन्छ । यसको अधिक सेवनले भिटामिन सीको मात्रा बढ्छ । जसका कारण दाँतमा नोक्सान पुर्याउने काम गर्छ ।
मुखको छाला जाने समस्या
आँपले शरिरमा गर्मी पैदा गर्छ । यसका कारण ओठमा छाला जाने समस्या देखिन्छ ।