देउवा भन्छन् – प्रधानमन्त्रीले बोलेपछि मैले के बोल्ने

मुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पहिला प्रतिपक्षले बोलेपछि प्रधानमन्त्रीले त्यसक ओजवाफ दिनुपर्ने बताएका छन् ।

मंगलबार संसद अवरुद्ध गरेर संसद भवनबाट बाहिरिदै गर्दा सभापति देउवाले प्रधानमन्त्रीले बोलेपछि मैले के बोल्ने भन्दै, संसारमा त्यहि परम्परा रहेको बताए ।

आफुहरुले पहिला बोल्न समय मागेको तर समय नदिएको गुनासो गरे । आफुले प्रधानमन्त्रीलाई सुनाउनु रहेकाले आफुले समय मागेको भन्दै प्रधानमन्त्री अन्तिममा बोल्नु पर्ने बताए । उनले भने, ‘पहिला प्रधानमन्त्री बोलेपछि मैले के बोल्ने ? प्रधानमन्त्री अन्तिममा बोल्छ शुरुमा बोल्दैन’

काँग्रेसको संसद अवरोधका कारण बोल्न नपाए पछि प्रधानमन्त्रीले दुख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले ट्विट गर्दै भनेका छन्, ‘‘प्रतिपक्षी नेकाले रोष्ट्रम घेरी अवरोध गरेका कारण मैले हालैको युरोप भ्रमण र गुठी विधेयक लगायतका समसायिक विषयहरूमा रहेको जनचासोका सन्दर्भमा सम्मानित सदनलाई आज जानकारी गराउन पाइन । यस घटनाबाट म दुःखी भएको छु ।’’

प्रधानमन्त्री ओलीले हालै सम्पन्न आफ्नो युरोप भ्रमणसहित अहिलेका अन्य विवादित विषयमा प्रष्ट पार्न आज साँझ ५ बजे पत्रकार सम्मेलन गर्दै छन् ।