बन्द हुदै माइक्रोसफ्टको विन्डोज ७

माइक्रोसफ्टले अपरेटिङ सिस्टम विन्डोज ७ लाई बन्द गर्ने भएको छ । हालै माइक्रोसफ्टले विन्डोज ७ का प्रयोगकर्ताहरुलाई नोटिफिकेशन पठाउन सुरु गरेको छ । जसमा कम्पनीले अब विन्डोज ७ अपरेटिङ सिस्टमको लागि अपडेट उपलब्ध नगराउने भनिएको छ ।

माइक्रोसफ्ट प्रयोगकर्ताहरु विन्डोज ७ बाट विन्डोज १० मा अपग्रेड हुन् भन्ने चहान्छ । तर नोटिफिकेशनमा विन्डोज १० को बारेमा केहि लेखिएको छैन । तर नोटिफिकेशनको तल लर्न मोरमा क्लिक गरे युजर विन्डोज ७ को वेबसाइटमा पुग्छन् जहां यूजरलाई आफ्नो पीसी अपग्रेड गर्ने सलाह दिइएको छ ।

कम्पनीले २२ जुलाई २००९ मा विन्डोज ७ सार्वजनिक गरेको थियो । मे महिनाको सुवातमै कम्पनीले विन्डोज ७ बन्द गर्ने नोटिफिकेशन दिने निर्णय गरेको थियो । कम्पनीद्वारा दिइएको नोटिफिकेशन विन्डोज अपडेटको नोटिफिकेशन जस्तै रहेको छ ।

जसमा लेखिएको छ , ‘१० बर्षको सेवापछि १४ जनवरी २०२० त्यो अन्तिम दिन हुनेछ जब कम्पनी विन्डोज ७ वाला कम्प्युटरको लागि सेक्योरिटी अपडेट उपलब्ध गराउनेछ । हामी जान्दछौ बदलाव निकै मुश्किल हुन सक्छ त्यसैले हामी तपाईलाई पहिले नै जानकारी दिइरहेका छौ कि तपाई आफ्नो डेटा र फाइल ब्याक गर्न सक्नुहोस ।’