किन युवा सङ्ग डराउछ बृद्ध काङ्ग्रेस ?

 माधब शर्मा  -मेरा आदरणीय / प्रिय युवा जुझारु काङ्ग्रेस साथी हरु,उमेर ले बृद्धअबश्था बन्दै गरेको काङ्ग्रेस अब कसरी अगाडि बढ्न सक्ला त ?
यो प्रश्न आम डेमोक्रेसी को पक्षमा वकालत गर्ने चिउडो मा मास्तिर चुस्स जुँगा को रेखी बसीसकेका र राजनीति प्रती चेतना राख्ने एव चिन्तन गर्न सक्ने बर्ग प्रती समन्धित छ ।
किन जन्मिँदैनन् नेपाली काङ्ग्रेस मा युवा ? के यो प्रश्नले कसैको मन बिथोलेको छ ? जब प्रश्नहरूले मन बिथोल्छन् तब प्रश्नहरू मनमनै मनमैथुन गर्छन्। उत्तर तिनै प्रश्नले जन्माउँछ।देशमा एउटा पुस्ता छ, जुन पुस्ता युवा जन्माउन चाहँदैन। मानिसलाई युवा बनाउन चाहँदैन।
 
त्यो त्यही पुस्ता हो, जुन जन्मँदै कि त बूढो भएर जन्मिन्छ, कि त जीवनभर बालख भएर मर्छ। बाँच्नका लागि मात्र बाँचेको त्यो पुस्ता डरपोक छ, कायर छ। उभयमुखी छ। जसले बाँच्नुको अर्थ सास फेर्नुमात्र हो भन्ने बुझेको छ। बाँच्नुको अर्थ सास फेर्नुमात्र हैन, साहसपूर्वक उभिनु हो। तर उभिन सक्दैन, त्यो। आउँदो पिँढी पनि आफूजस्तै डरपोक, कायर र उभयमुखी बनोस् भन्ने चाहन्छ, त्यो दुष्ट पुस्ता। काङ्ग्रेस मा युवा जन्मिए आफ्नो वैयक्तिक सत्ता हल्लिने डर छ, त्यो दुष्ट पुस्तालाई। सामाजिक र राजनीतिक सत्ता उल्टिने डर छ, त्यो कायर पुस्तालाई। आफूजस्तै एउटा बूढो र नालायक सन्तान जन्माउन चाहन्छ, त्यो उभयमुखी पुस्ता। आफूजस्तै एउटा चेतनाहीन, अधम र अयोग्य पिँढीलाई निरन्तरता दिन चाहन्छ, त्यो पुस्ता।
यो धरतीमा सबैभन्दा बढी पापी कोही छ भने त्यही दुष्ट पुस्ता छ। सबैभन्दा बढी कुकर्मी कोही छ भने त्यही अधम पुस्ता छ, जसले मानिसलाई युवा हुन दिँदैन। जसले मानिसको वृत्तिलाई फुल्न-फक्रन निषेध गरेर वृद्ध बनाएको छ। त्यही नालायक पुस्ता काङ्ग्रेस को दैलोमा उभिएको छ, जो आफू उभिन सक्दैन। डन, माफिया र दलालका खुट्टामा उभिएको छ। भित्रभित्रै नष्ट भइसकेको त्यही भ्रष्ट पुस्ताले अर्को पुस्तालाई दास बनाएको छ। जुन पुस्ता दास बनेको छ, त्यसले आफूलाई युवा भन्छ। यही छ, सबैभन्दा डरलाग्दो भ्रम। जो मान्छेका रूपमा उभिन सक्दैन, त्यो अरूको दास बन्छ। जो अरूको दास बन्छ, ऊ जीवनमा कहिल्यै युवा हुन सक्दैन। युवा भनेको वय हैन, विवेक हो। युवा भनेको शरीर हैन, चेतना हो। युवा भनेको उमेर हैन, मस्तिष्क हो। अत यो अभियान युवा भएर अगाडि उभिन सकोस । र आफ्नो लक्ष्य मा गन्तव्य तर्फ लम्किन सक्नुपर्छ ।
प्रिय साथि ,हामी युवा हौ भने ? अब हामिले प्रश्न गर्न सक्नुपर्छ ती मालिकमाथि। ती दुष्ट पुस्ता माथी । गुण र दोषको पारख प्रश्नले गर्छ। जो प्रश्न गर्न सक्दैन, त्यसले गुण र दोष कहिल्यै केलाउन सक्दैन। जो गुण र दोष केलाउन सक्दैन, त्यसले ठीक र बेठीक कहिल्यै छुट्याउन सक्दैन। जो ठीक-बेठीक छुट्याउन सक्दैन, त्यो कहिल्यै युवा हँदैन, सधैं बूढो हुन्छ। नोकर हुन्छ। दास हुन्छ। प्रश्न गर, उत्तर खोज, दुविधा हटाऊ। दुविधाले डर उत्पन्न गर्छ। त्यही डरले हामिलाई कसैको नोकर बनाउँछ। कसैको दास बनाउँछ। कसैको पुजारी बनाउँछ। ईश्वर, स्वर्ग, नर्क, पाप, धर्म, पुण्य सबै पाखण्डीका औजार हुन्। जसले दुविधा उत्पन्न गर्छ। ती दुष्टले त्यही औजार प्रयोग गरेर हामीलाई डर देखाएका छन्। त्यही डरको व्यापार गरेर हामिलाई बूढो बनाएका छन्। युवा हौ भने हामी , कसैका बाउको बिर्ता बनाउन नदीउ आफ्नो मस्तिष्क। नगर कसैको आदेशको पालन। स्वेच्छाले अपनाएको अनुशासनले मानवलाई क्षमतावान् बनाउँछ।’ विडम्बना !
 
जो आफूलाई युवा भन्छौ, हामिलाई थाहा छैन युवा के हो ? शक्तिशाली भ्रमको सिकार भएको छ, अहिलेको जवान पुस्ता। जुन पुस्ता उमेरले वयस्क छ तर विचारले बूढो छ। क्षमताले भकुण्डोजस्तो छ, अरूले उफार्दा उफ्रिन्छ। मलाई लाग्छ म र मेरो पुस्ता युवा बन्न सक्ने कि नसक्ने अब अवसर होइन चुनौती बन्दै गएको छ । जय नेपाल ।

Leave a Reply

Your email address will not be published.