‘अटिजम’ र ‘डाउन सिन्ड्रोम’ भएका बालबालिकाको शिक्षा, सिप र विकासमा महानगरपालिकाले सोचेको देखेपछि भविष्यप्रति आशावादी भयौँ – अभिभावकहर
होम स्कुलिङ् सम्भव छ । मूल्याङ्न प्रक्रियालाई बैज्ञानिक बनाएर जेमा क्षमता छ, त्यसमा योग्यता निर्धारण गर्ने विषयमा छलफल चलाऔँ । शिक्षक, सहजकर्ता, सहयोगी शिक्षक र अभिभावकका लागि तालिम सञ्चालन गरौँ । यो एउटा अवस्था हो । यसप्रति समाजले हेर्ने दृष्टिकोणलाई सचेतनामूलक कार्यक्रमबाट न्यूनीकरण गर्दै जाऔँ । उहाँहरुबाट प्रकट भएका प्रतिनिधिमूलक भनाइ हुन् । उहाँहरुले व्यक्त धारणामध्ये, आमाबाबु नभएका दिन (मृत्युपछि)देखि उनीहरुको स्याहार र व्यवस्थापन कसले गरिदिन्छ? सहोदर दाजुभाइ, दिदीबहिनीहरुमा बाबुआमापछि आफूले दायित्व लिनु पर्ने सोचले अहिले नै तनावमा देखिन्छन्, भन्ने हो । यस्ता बालबालिकाको शिक्षाका लागि बुक फ्री फ्राइडे पनि एउटा महत्वपूर्ण ठाउँ हुन सक्छ । यसलाई प्रयोग गरेर हेरौँ । उहाँहरुको सुझाव थियो ।
उहाँहरुले महानगरपालिकालाई तत्काल गर्नु पर्ने, मध्यकालीन र दीर्घकालीन कार्यक्रमका सुझाव दिँदै भन्नुभयो, ‘सचेतना र नीतिबाट समाधान खोजौँ ।’
अन्तरक्रियामा सिप मेला कार्यान्वयन समितिका संयोजक एवं सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले अटिजम विद्यालय सञ्चालन सम्बन्धी अध्ययन समितिको निष्कर्ष उधृत गर्दै भन्नुभयो, ‘ काठमाडौँ महानगरपालिका भित्र भएका सामुदायिक विद्यालयमध्ये ५ वटा विद्यालयलाई ‘विशेष’, ‘एकीकृत’ र ‘समावेशी’ शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिने देखिएको छ । विद्यार्थी संख्या, विद्यालयको वर्तमान पूर्वाधार (भवन, खेल मैदान) को आधारभूत सूचकका आधारमा ती विद्यालयहरु सम्भावित देखिएको हो ।’ उहाँले अवस्थाको सुक्ष्म अध्ययन, नीति, योजना तथा कार्यक्रमको कार्यान्वयनका विषयमा बोल्दै, सचेतना अभिवृद्धि पहिलो काम भएको उल्लेख गर्नुभयो । त्यसपछि स्याहार सेवालाई स्थापित गर्दै जानुपर्छ । उहाँको जोड थियो ।
