राज्यमन्त्री गर्बुजाको स्वकिय सचिवमा रोका नियुक्त 

403
ad

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले स्वकीय सचिवालयमा पार्टीकै जिम्मेवार नेतालाई नियुक्त गरेका छन् । परिवारका सदस्यलाई स्वकीय सचिव बनाउने प्रचलन तोड्दै गर्बुजाले पार्टीका तफ़र्बाट जिल्लाको मालिका गाऊँपालिकाका पूर्व अध्यक्ष श्री प्रसाद रोका मगरलाई नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल म्याग्दीका अध्यक्ष समेत रहेका युवानेता रोका लाई मन्त्रालयको स्वकीय सचिवालयमा नियुक्त गरिएको हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ऊनी मालिका गाउपालिकाको अध्यक्षमा देशकै कान्छो पालिका अध्यक्षको रुपमा लोकप्रिय मतका साथ निर्वाचित भएका थीए ।
प्रसासकीय तथा ब्यवस्थापकीय क्षमतामा अव्वल रहेका ऊनी जिल्लामा लोकप्रिय यूवा नेताको रूपमाँ परीचित छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here