स्वास्थ्य बिमामा २२ लाख परिवार आबद्ध

148
ad

काठमाडौँ । नेपालमा स्वास्थ्य बिमामा आबद्ध हुने परिवारको सङ्ख्या बढेको छ ।

आर्थिक वर्ष २०७९/८० अवधिमा स्वास्थ्य बिमामा आबद्ध हुने परिवारको सङ्ख्या बढेर ३९.१९ प्रतिशत अर्थात् २२ लाख १२ हजार ८ सय २७ पुगेको छ ।

यो अवधिमा ३१ लाख १६ हजार ८ सय ७५ जना मानिस स्वास्थ्य बिमाको पहुँचमा पुगेको स्वास्थ्य सेवा विभागद्वारा सार्वजनिक गरिएको नेपाल हेल्थ फ्याक्ट सिट २०२३ मा उल्लेख गरिएको छ ।

हालसम्म स्वास्थ्य बिमा ४३ लाख ९४ हजार ३ सय ९४ जनाले नवीकरण गरेका छन् । आ.व ०७९र८० मा कुल जनसंख्याको २४.५९ प्रतिशत अर्थात् ७१ लाख ७१ हजार ८४३ जनसङ्ख्या स्वास्थ्य बिमामा आबद्ध छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here