तिनाउ र पश्चिम राप्ती नदीमा आएको बाढीले खतराको तह पार गर्यो

164
ad

काठमाडौं, ९ साउन । तिनाउ र पश्चिम राप्ती नदीमा आएको बाढीले खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागले आज बिहान सार्वजनिक गरेको सूचना अनुसार तिनाउ नदी बाढी मापन केन्द्र बुटवलमा जल सतह खतरा तहभन्दा निकै माथि पुगेको र बढ्दो क्रममा रहेको छ ।

सोमबार रातीदेखि लुम्बिनीको रुपन्देही, नवलपरासी, पाल्पा, प्युठान र आसपासका क्षेत्रमा भारी वर्षा हुँदा आएको बाढीले तिनाउ र पश्चिम राप्ती नदीमा खतराको तह पार गरेको हो ।

बाढीको उच्च जोखिम रहेकाले तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने भएकाले होचा स्थानमा बस्नेहरूलाइ दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा रहन  विभागले आग्रह गरिएको छ ।

नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेहरूलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । स्थानीय प्रशासनले पनि सतर्कताका लागि स्थानीयलाई सचेत बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here