आलु जाेनकाे बिबाद बारे नुवनकाेट किसान सघंकाे बिराेध !!

नुवाकाेट नुवाकाेटमा प्रधानमन्त्री कृषि आधुनिकरण परियाेजना अन्तर्गतका आलु जाेन कृषकहरुले शीत भण्डारले किसान ठगि गरेकाे आरोप बारे छानबिन गर्न किसानकाे पक्षामा बिज्ञप्ति निकालेकाे छ।

नुवाकाेट किसान सघंका सिचब शिव गुनिले हस्ताक्षर भएकाे साे बिज्ञप्तीमा गुनासाे उपर छानबिन तथा किसानलाई तत्तकाल राहत दिन माग गरेका छन्।

किसानकाे मागकाे सुनुवाई नभए आधिबेरिकाे सामना गर्न तयार रहन चेतावानी दिए।

शितभण्डार प्रदेश सांसद बद्रि मैनाली अध्यक्ष रहेकाे नुवाकाेट शीतभण्डार प्रालिले प्रदेश सरकारकाे ११ कराेड २५ लाख रुपैयाँ बराबर ५५ प्रतिशतको अनुदानमा बनाएकाे शीतभण्डारले निर्माण सम्झैतामा भएकाे अनुदान कृषकलाई नदिएर राज्यकाेषकाे चरम दुरुपयाेग गरिएकाे भन्दै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना जाेन ईकाई सञ्चालक समितिका अध्यक्ष विवेक ढकाल र सचिव विनाेदराज ढकालले संयुक्त हस्ताक्षर गरिएकाे उजुरि पत्र बाहिरिएकाे थियाे ।

उजुरी पत्रमा भनिएको छ “भण्डारले किसानलाई दिनुपर्ने अनुदान सुविधाको जानकारी गराउन सार्वजनिक रुपमा सबैले देख्ने स्थानमा सूचना पाटी नराखेको” भनेको छ । त्यस्तै, “नुवाकोट शित भण्डार प्रालिको कार्यालयभित्र राखेको शुल्क विवरणमा प्रति बोरा ६० केजी को रु ३१५ उल्लेख गरेको भएपनि किसनसँग रु ३५० असुल गर्दै आएको” उल्लेख गरिएकाे छ।