बिदेशिएका नुवाकाेट युवाहरुद्वारा ककनीका पहिराे पीडितलाई ३ लाख रकम सहयाेग

नुवाकोट जिल्ला ककनि गा. पा. वडा नं. २ साविक ओखरपौवा गा. वि. स. वडा नं. ४ माथिल्लो सिउँडेनि निवासी श्री यमनाथ न्यौपाने बसोवास गरिरहेको घर २०७२ साल बैशाख १२ गते गएको विनासकारि भुकम्पले पुर्ण रुपमा क्षति भए पश्चात सरकारि अनुदान ,ऋण धन गरि बनाएकाे सुख्खा पहिराेकाे कारणा जाेखिममा परेकाे हाे र घर बस्न लायक नभएको र तत्काल ऋण भएकाले घर बनाउन नसक्ने र टहरोमा कस्टकर जिवन बिताउन पर्ने भएकाे आर्थिक सहयोगको लागि अपिल गरेकाले छ। अभियान संचालन गरी आर्थिक सहयोग संकलन गरिएको हाे

साे परिवारलाई ककनी गाउँपालिकाबाट बिदेशमा बिभिन्न सिलसिलामा रहनुहुने ब्यक्तिले , नुवाकोट जिल्ला तथा बिभिन्न जिल्लाका बिदेशी मनहरूलाई जोडेर राहत स्वरूप रू ३५७ १२२ रकम पहिरो पिडितको छोराको खातामा सिधै ट्रान्सफर हुनेगरि अभियान संचालना गरी पिडित परिवारलाई सहयोग गरियको अभियान संचालन गर्ने ब्यक्तिहरूले अभियान खबरलाई जानकारी दिए ।अभियानमा बिदेशमा रहेको संस्थाको प्रतिनिधिहरूले पनि साथ दिएका थिए।