माग पूरा नभएसम्म नेका धादिङ र नुवाकाेटले फोहोर ब्यबस्थापनमा अबरोध गर्ने

निराजन बजगाइ नुवाकोट

काठमान्डौ को फोहोर ब्यबस्थापन का लागी निर्माणधीन बञ्चेरे डाडाको काम अन्तीम चरणमा आउँदा स्यानीय बासीको अबरोध सिर्जाना गर्नाको निमित्त भेलाहरु भइरहेको छ ।

गत साता फोहोरमैला सँग सम्बन्धीत बासिहरूकाे नेपाली कांग्रोस नुवाकोट धादिङ्गले गत शुक्रबार बञ्चरे डाडामा भेला आयोजना गरेकाे हाे ।सो भेलाले निम्न मागहरु तया गरेको छ।

१) वाताबरणीय प्रभाब मूल्यङकन प्रतिबेदन पूनर लेखन,
२) प्रतक्ष प्रभाबित क्षेत्र वरपर को ३००० मी सम्म जग्गा हरीयाली कायम ,जग्गा अधिग्रहण, साे क्षेत्रको बासीन्दालाइ पूनर स्थापना गर्नु पर्ने
३) फाेहोरमैला ब्यबस्थापन बैज्ञनिक तथा आधुनिक तरिकाले ब्यबस्थापन गर्नु पर्ने औधोगीकरण गर्नु पर्ने
४) सिसडोल ल्यन्डफील्ड साइट लाइ ब्यबस्थापन र मुअब्जा दिनु पर्ने,
५)कोल्पू खोला को पानी पहिलाको अबस्थामा प्रयोग गर्न मिल्ने बनाउन तत्काल शुरु गर्ने पर्ने ,
६) बिगतका  उधारो सहमति ,रोजगारी स्वास्थ ,शिक्षा पूवाधारको दीर्गकालिन आयोजनाको गुरू योजना तया गर्नु पर्ने।
सो भेला नेका क्षेत्रीय सभापती अर्जुन प्र न्यौपाने तथा नुवाकोट धादिङ्का वडा सभापति नेका का कार्यकर्ताहरुको बाक्लो उपस्थिति भएएको थियो ।
पूर्ब फोहोरमौला ब्यबस्थापन समीतीका उप प्रमुख श्रीराम ढुङगानाले लामाे समया देखि राज्यले बञ्चरे तथा सिसडोल बासीलाई अपहेलना तथा स्वाच्च वाताबरण्मा बाच्न पाउने अधिकारको हनन् भएको बताए ।सरकारी तबरबाट सहमति हुने तर कायन्वयवमा नआउने सरकारको रबैया मान्य नहुने र फाेहोर ब्यबस्थापनमा अबरोध गर्ने बताए ।
नेका को सभापति न्यौपानेले हाम्रा मागहरु आधिकारिक रुपमा प्रष्ट तथा जनताको माग हो अरु पाटि तथा स्थानीय सरकारले पनी आधिकारकि रुपमा धारण बनाउनु पर्नेमा जोड  दिए ।बिगतमा कयौ कमजोर भए अब त्यसलाई सच्चाएर गएमा मात्र सफल हुने बताए । मंसिर ४ मा हुने स्थानीय क्लबको फोहोमैला सम्बन्धी सर्बदलिय भेलामा सबैलाई आमन्त्रण समेत गरेका छन् ।
धादिङ् आलेटारका दिनेस कार्कीले अहिले हामी अन्तीम मोडमा भएकाले सरकार सगँ लड्न समपूण दल तथा स्थानयि सरकार एक भएर अगाडी बड्नु पर्ने बताए ।