ओली भेट्न प्रचण्ड बालुवाटारमा

काठमाडौ । पार्टीभित्र अन्तरविरोध कायमै रहेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भेटवार्ता भएको छ । अहिले दुई नेताबीच वालुवाटारमा भेटवार्ता भइरहेको बुझिएको छ ।

झण्डै एक सातापछि बिहीबार प्रचण्ड ओली भेट्न बालुवाटार गएको बालुवाटार स्रोतले पुष्टि गरेको छ । 
यसअघि पार्टी कमिटीको बैठक बोलाउन नमानेको ओलीले पार्टी बैठकका निर्णय समेत नमान्ने बताएका थिए । उनले पार्टी नै अलग गर्ने प्रस्ताव गरेपछि नेकपामा तरंग उत्पन्न भएको अवस्थामा आजको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।राताेपाटी डट कम बाट