निधि र सिटौलाबीच सहकार्य गरेर जान दुबै सहमत !

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि र नेता कृष्णप्रसाद सिटौलाबीच १४ औँ महाधिवेशनका सन्दर्भमा भेटवार्ता भएको छ । सोमबार बिहान चण्डोलस्थित सिटौला निवासमा निधि र सिटौलाबीच करिब एक घण्टा भेटवार्ता भएको खुलेको छ । रातोपाटीसँग औपचारिक कुराकानीपछि सिटौलाले निधिसँगको भेटवार्ताबारे कुरा खोलेका थिए ।

सिटौलासामू निधिको उद्घोष : जस्तो सुकै परिस्थितिमा पनि सभापतिमा लड्छु, निधि र सिटैला दुबै १३ औ महाअधिबेशनमा देउवा लाई  सहयाेग गरेका थिए जसकाे कारणाले सभापित बनेका थिए।

करिब दुई महिना गृह जिल्ला झापा बसेर फर्किएका सिटौलाले शनिबार र आइतबार क्रमशः सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गरेका थिए । देउवा र पौडेलसँगको भेटमा सिटौलाले पार्टीमा देखिएको अन्तरविरोध र प्रभावित बनेको १४ औँ महाधिवेशनको कार्यतालिका विषयमा छलफल गरेका थिए ।

सिटौलाका अनुसार देउवा र पौडलसँगको छलफल महाधिवेशनको प्रभावित कार्यतालिकामा मात्र केन्द्रित भएको थियो । सभापतिमा उठ्ने देउवा र पौडेलको तयारी देखिए पनि आफूसँग सहयोग भने नमागेको सिटौलाको भनाइ छ ।