मेयर विद्यासुन्दर शाक्य दम्पत्ति होटल सोल्टीको ‘भिआपी’ आइसोलेशनमा

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणपछि कहाँ होलान ? होम आइसोलेशनमा ? कुनै अस्पतालको आइसोलेशनमा ? वा आफैले बनाउने भनेर आश्वासन दिएको आइसोलेशन सेन्दरमा ? तपाईलाई विश्वास नलाग्ला काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि मेयर विद्यासुन्दर शाक्य यतिबेला काठमाडौं सबैभन्दा महंगो आइसोलेशनमा छन् ।

विशेष स्रोतले दिएको जानकारी अनुसार उनी अहिले काठमाडौंको पाँच तारे होटलको विषेश कोठामा आइसोलेशनमा बसेका छन् । उनलाई गत भदौ १५ गते कोरोना संक्रमण भएको थियो ।

स्रोतका अनुसार मेयर शाक्य मात्र हैन उनकी श्रीमती पनि साथमै सोल्टीको विशेष आइशोलेनमा छिन् । उनलाई काठमाडौंको ग्राण्डी र मेडासिटी अस्पतालबाट खानाको व्यवस्था गरिएको छ । साथै सोही अस्पतालबाट उनको स्वास्थ्य उपचारका लागि २४ सै घण्टा डाक्टरहरु खटिएका छन् ।

गत भदौं ३ गते काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितलाई राख्न एकसाताभित्र ५ हजार बेड क्षमताको आइसोलेशन निर्माण गर्ने घोषणा गरेका शाक्यले आफै होटल सोल्टीमा भिआइपी ट्रिटमेण्डका साथ बसेका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरस रोकथामका लागि सेना परिचालनको माग गर्ने, कोरोना संक्रमण थालेको ५ महिना बढि समय गुर्जदा पनि महानगरमा क्वारेटिन र आइसोलेशन सेन्टरको व्यवस्था गर्न नसक्ने उनले आफ्नो लागि भने सबैभन्दा महंगो आइसोलेन तयार गरेका छन् ।

पछिल्लो समय काठमाडौं भित्रिने नाकामा काठमाडौंबाहिरबाट आउने मान्छेलाई प्रहरीले नियन्त्रण गर्न नसकेको भनेर मेयर शाक्य चिडिएका थिए ।

उपत्यका मेयर फोरमका संयोजक समेत रहेका शाक्यले उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुलाई सेना परिचालनको माग गर्दै आएका थिए । मेयर शाक्य अझै ४ दिन होटल सोल्टीमै रहने स्रोतको भनाई छ । sourm ratopati,com