२१ वर्षपछि कांग्रेसको परिमार्जित साइट

काठमाडौं– नेपाली कांग्रेसले आफ्नो साइटलाई परिमार्जन गरेको छ। १०७ औं बिपी जयन्तीका अवसरमा परिमार्जिन साइटमा सुरु गरिएको छ।

बुधबारदेखि सञ्चालनमा आएको परिमार्जित साइटमा थप विशेषता समावेश गरिएको छ। १९९९ सालबाट सुरु भएको साइटलाई २१ वर्षपछि थप परिमार्जन गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

जिल्ला, भ्रातृ संस्था र विदेश स्थित जनसम्पर्क समितिका सब डोमेन केन्द्रीय कार्यालयको साइटबाटै खुल्न सकिने बनाइएको छ। नेतृत्वसँग जिज्ञासा राख्नका लागि ‘नेतृत्वलाई प्रश्न’ को व्यवस्था पनि साइटमा राखिएको छ। नेतालाई कार्यकर्ताको प्रश्नका लागि उक्त प्रावधान राखिएको प्रवक्ता शर्माले जानकारी दिए। दलभित्र र दलबाहिरका स्वस्थ आलोचनालाई सम्मान गर्दै जवाफ पनि पोस्ट गरिने शर्माले जानकारी दिए।
पार्टीभित्र हुने बहसका विषयलाई खुला बहस सेक्सनमा समावेश गरिने बताइएको छ

परिमार्जित साइटमा क्यक्तिगत दृष्टिकोणलाई समेत समावेश गर्ने स्थान दिइएको छ।उक्त विचारलाई आलेखका रुपमा प्रस्तुत गरिने भएको छ। बुधबार देखि आएको परिमार्जित साइटमा अर्थविद् डा स्वर्णिम वाग्ले र राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले लेखले स्थान पाएको छ।

परिमार्जित साइटले अन्तिम रुप भने पाइनसकेको बताइएको छ। साइटलाई थप विकास गर्ने क्रममा क्रियाशील सदस्यताको नामावली पनि समावेश गर्ने बताइएको छ। साथै, कांग्रेसको सदस्य हुन पाउँ भनि आवदेन दिन सकिने व्यवस्था समेत समावेश गर्ने प्रवक्ता शर्माले जानकारी गराए।