सरकारी रबैयाविरुद्ध नेविसंघ जनप्रसाशन क्यपसद्वरा तालाबन्दी

नेविसंघ जनप्रसाशन क्यपस इकाइ कमिटिले आज जनप्रशाशन क्यम्पसको कार्यलयमा तालाबन्दी गरेको छ ।
इकाइका सभापति श्याम पाण्डेले हस्ताक्षर गरेको बिज्ञप्तिमा त्रिवि पदाधिकारीहरुसंग वार्ताको पहल गर्न जाँदै गर्दा पक्राउ परेका सम्झना खत्री लगायत आठ जना त्रिविका विद्यार्थी नेताहरुलाई तथा वीरगंजमा कोरोना संक्रमितहरूको उपचारमा भएको लापरवाही विरुद्ध र संक्रमणकै कारणबाट मृत्यु भएकाहरुलाई क्षतिपूर्ति तथा नियमित स्वास्थ्य सेवा सुचारुको माग राख्दा पक्राउ परेका विकास तिवारीलाई रिहा गर्नुको सट्टा झुठा मुद्दा लगाई फसाइएको घटनाको घोर भत्सर्ना गर्दै तत्काल रिहा गर्न माग गर्दै बिरोध गरेको हो ।

कोरोना संक्रमणले आक्रान्त पारेको यस्तो संन्त्रासपूर्ण अवस्थामा पनि जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्नुको सट्टा जनताको पक्षमा आवाज उठाउनेहरुलाई झुठा मुद्दा लगाइ फसाउने यो ओली सरकार जनताको सरकार हुनै सक्दैन भन्दै नेविसंघले यस्तो संकटको समयमा पनि विद्यार्थी नेताहरुलाई झुठा मुद्दा लगाइ फसाउने तथा राज्य आतंक मच्चाउने कार्य तुरुन्त बन्द गर्न मागसमेत गरेको छ।