भाषामा गल्ती गर्दा प्रेम सम्बन्ध बिग्रन्छ

ज्जे मिलाउन जान्ने, आफ्नो प्रोफाइलमा शुद्धाशुद्धि मिलाउने र सही व्याकरण उपयोग गर्न जान्ने भएमा तपाईंले डेटिङ साइटमा राम्रो जोडी फेला पार्न सक्ने एक अध्ययनले देखाएको छ।

अनुसन्धाताहरूले अनलाइन डेटिङ सर्भिसका सदस्यसँग सम्पर्क गरेर उनीहरूलाई भाषिक अशुद्धि भएको अनि नभएको दुईथरी फेक प्रोफाइलहरू पढ्न लगाए। नेदरल्यान्ड्सको एक डेटिङ साइटमा ८ सयभन्दा बढी मानिसमाथि गरिएको अनुसन्धानमा हिज्जेमा गल्ती गर्ने मानिस लापरवाह र मसिनो कुरामा ध्यान नदिने खालको हुने धारणा बन्छ भन्ने कुरा पत्ता लाग्यो।

‘अनलाइन डेटिङमा कोही मानिस साना कुरामा ध्यान नदिने खालको भेटिएमा ऊ डेटिङ प्रोफाइल बनाउँदा समेत प्रयास गर्न अनि चासो राख्न अल्छी मानिन्छ। अनि उसलाई अनाकर्षक मान्ने गरिन्छ,’ अध्ययन प्रतिवेदनकी लेखिका टेस भान देर जान्देनले बताइन्।

तर हिज्जे मिलाउन नजान्ने केही मानिसका लागि आशाको ठाउँ चाहिँ छ। अध्ययनमा भाग लिएका ३३.५ प्रतिशत सहभागीले मात्र प्रोफाइलको पाठमा गल्ती भेटे।

तर गल्ती पत्ता लगाउनेहरूले चाहिँ कोही आकर्षक छ कि छैन भन्ने कुरामा भाषा महत्त्वपूर्ण हुने बताए।

अनुसन्धाताहरूले फेक प्रोफाइलमा औसत रूपमा आकर्षक मानिसहरूको तस्वीर उपयोग गरे किनकि अत्यन्तै आकर्षक मानिसको तस्वीर राख्दा परिणाममा भिन्नता आउन सक्ने सम्भावना थियो।

अध्ययनको निष्कर्ष जर्नल अफ सोसियल यान्ड पर्सनल रिलेसनशिपमा प्रकाशित गरिएको छ।