जनमैत्री अस्पताल तत्काल संचालन का लागि वडा अध्यक्ष मुकुन्द रीजालद्वारा अस्पताललाई पत्राचार

काठमान्डौ महनगर पालिकामा रहेको पूरानो जनमैत्री अस्पताल सञ्चालनमा ल्यउने तयरी शुरु भएको छ । कामपा १६ का वाडा प्रमुख मुकुन्द रिजालले आज सम्बन्धित निकायलाई प्रत्राचार गरी पहल कदमी शुरु गरेका छन् ।

बिश्वब्यापी महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरस कोभिड(१९ संक्रमणको जटिल परिस्थितिमा नेपाल समेत जोखिममा परेको हालका दिनहरुमा काठमाडौँ उपत्यका र काठमाडौँ महानगरपालिका वडा न १६ भित्र समेत कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको छ । सोही क्रममा संक्रमण बढ्दै जादाँ संक्रमितहरुका लागि स्वास्थ्य सेवा उपलब्ध गराउन समेत कठिन हुने सम्भावना रहेको आजको जटिल परिस्थितिमा का म न पा १६ मा रहेको जनमैत्री अस्पताल आजको दिनमा बन्द रहेको हुदाँ तत्काल अस्पताल संचालन गरी सेवा प्रदान गर्न काठमाडौँ महानगरपालिका वडा न १६ वडा कार्यालयले अस्पताललाई अनुरोध गरेको हो ।

आम जनतामा पर्न जाने असुविधालाई ध्यानमा राख्दै तत्काल अस्पताल संचालन गरी कोरोना संक्रमणको सम्भावित जोखिमलाई न्युनिकरण, नियन्त्रण तथा व्यवस्थापनमा सहजीकरण गर्न वडा कार्यालयले आग्रह गरेको छ ।