अबैध मिर्गौला प्रत्यारोपणको आरोपमा पक्राउ परेका सबै ५० हजार धरौटीमा रिहा

२८ साउन चितवन : अबैध मिर्गौला प्रत्यारोपणको आरोपमा पक्राउ परेका भरतपुरको पुरानो मेडिकल कलेका डाक्टर लगायतका सबै जना ५० हजार धरौटीमा रिहा भएका छन ।

आज ललितपुर जिल्ला अदालतले उनिहरुलाई ५० हजार धरौटीमा छोड्न आदेश दिएको हो ।२०७६ जेठमा नक्कली कागजात बनाइ विदेशमा रहेका व्यक्तिको झुटो विवरण भरि नक्कली नातेदार खडा गरि गैरकानुनी रुपमा मिर्गौला प्रत्यारोपण गरेको अरोपमा मेडिकल कलेजका सिइओ डा. सुप्रभात श्रेष्ठ सहित डा. बालकृष्ण कालाखेती, नोबेल अस्पतालका डा. राकेश कुमार बर्मा र जिल्ला प्रशासन कार्यालयका अधिकृत रामचन्द्र ढकाल पक्राउ परेका थिए।

यता मेडिकल कलेजले भने आफुहरुले सबै कानुनी प्रक्रिया पूरा गरि नेपालको कानुन अनुसार नै मिर्गौला प्रत्यारोपण गरेको जनाएको छ। मिर्गौला प्रत्यारोपणका लागि कलेजले मान्यता पाएको र ऎन नियमावली अनुसार नै प्रशासनका एक जना प्रतिनिधि समेत राखी समिती बनाएर प्रत्यारोपणको काम गरेको दाबी मेडिकल कलेजले गरेको छ।