जनप्रशासन क्याम्पस बल्खुबाट ताम्रापत्र चोरी

बल्खु स्थित त्रिभुवन बिश्वबिद्धालय जनप्रशासन केन्द्रीय बिभागको शैक्षिक भबन उत्घाट्नको ताम्रापत्र २०७७/४/८ गते बेलुका चोरिभएको छ।

तात्कालिन संमाननिय प्रधानमन्त्री तथा त्रि.वि कुलपति शेरबहादुर देउवा द्वारा संउत्घाटन गरिएको ,क्याम्पस प्राङ्गणबाटै उक्त अभिलेख हराउदा क्याम्पस प्रशासन मौन रहेको भन्दै बिद्यार्थी हरुले क्याम्पस प्रशासनको बिरोध पनि गरेका छन्।

क्याम्पसले खोजबिनमा चासो नदिएको भन्दै केही बिद्यार्थीले आफै महानगरीय प्रहरी प्रभाग कालिमाटिमा चोरिको ठाडो उजुरी दर्ता गरेको नेपाल बिद्यार्थी संघ जनप्रशासन क्याम्पस इकाई अध्यक्ष श्याम पाण्डेले अभियान खबरलाई जानकारी दिए क्याम्पसबाट यस्ता महत्त्वपुर्ण अभिलेख चोरिहुनु क्याम्पसको लज्जाको विषय भएको उहाँको धारण छ।चोरी कार्यमा सम्लग्न  पत्तालगाइ कडा भन्दा कडा कार्बाही को जोड्दार माग गरेकाे छ ।