प्रचण्ड निवासमा झलनाथ खनाल, माधव नेपाल र नारायणकाजीसहितको बैठक

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केही सचिवालय सदस्यको आइतबार बिहान बैठक बसेको छ।

प्रचण्ड निवास खुमालटारमा बिहान ९ बजेदेखि जारी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्। नेता नेपालनिकट केही स्थायी समिति सदस्यहरू पनि खुमलटार पुगेका छन्।

नेकपाको स्थायी समिति बैठक आइतबार दिउँसो तीन बजेका लागि बोलाइएको छ।

शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच चोचोमोचो भएको भन्दै वरिष्ठ नेता माधव नेपालले असन्तुष्टि जनाएका थिए।