टेलीकम वर्कस यूनियन ले वृक्षारोपण गर्यो !

 

नेपाल टेलिकम वर्कर्स यूनियन काठमाडौ क्षेत्रीय समितिले यूनियनकाे २९ आाै जन्मोत्सवकाे पूर्वसन्ध्यामा वृक्षा राेपन सम्पन्न गरेको छ । काेभिड-१९ काे महामारीले गर्दा सिमित सदस्यहरूकाे उपस्थितिमा भएकाे कार्यक्रमको क्षेत्रीय अध्यक्ष अचुत कुमार आाेझाकाे समयोजनमा भएकाे  थियो।

यूनियन का केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद जोशी को प्रमुख आथिथ्य मा भएको उप्त कार्यक्रम मा बोलदै अधक्ष जोशी ले सामाजिक उतरदायीत्वमा सधै अगाडि रहेकाे यस यूनियनले कार्यथलाेमा स्वच्छ हावामा काम गर्ने वातावरण निर्माण गर्न हामी सधै लागि रहेका बताऊनु भयो । उहाले जमिन खेर नफाली सबै खालि जमिन भएका ठाउमा व्यवस्थापनले वृक्षा राेपण र बगैँचा निर्माण मा ध्यान दिन सुझाव दिनु भयाे । साथै कम्पनिमा केहि चुनाैति रहेकाे र त्यसलाई जित्न व्यवस्थापन एक्लै दाैडिएर सम्भव नहुने वरू व्यवस्थापनले यूनियनलाई आफ्ना वाचा पूरा गरेर साथमा सँगै लिगेर अगाडि बढ्नु उपयुक्त हुने अन्यथा यूनियनले कम्पनी र कर्मचारी हकहितकाे लागि कठाेर निर्णय लिनुकाे विकल्प नरहेकाे अाफ्ना भनाई राखेका थिय ।

कार्यक्रमका सभापति अचुत आाेझाले वृक्षा राेपन मानविय र पर्यावरणीय दुवै हिसाबले पवित्र कार्य भएकाे र यसले मानिसलाई सुन्दर जिवनयापनकाे लागि स्वच्छ हावा पानी र हरियालि प्रदान गर्ने भएकाेले यस्ता कार्यक्रमलाई यस यूनियनले सधा निरन्तरता दिने समेत बताए।

कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिनुहुदै आगामि दिनमा हुने कार्यक्रमहरूमा समेत सहभागीताकाे लागि अनुराेध गर्नु भयाे । साथै उहाँले व्यवस्थापनलाई विवाद र विभेदकाे बिरुवा कम्पनिमा नराेप्न र न हुर्काउन अनुराेध गर्नु भयाे । अन्यथा यस्ता बिष वृक्षकाे अन्त्यकाे लागि वर्कर्स यूनियनले आन्दोलन गर्नुकाे विकल्प नरहेको र जुन कम्पनी र व्यवस्थापन दुवैकाे स्वास्थ्यकाे लागि राम्रो नहूने सूझाव दीनुभयो । यसैले व्यवस्थापन आफ्ना गल्ती सच्याएर आउनुकाे कुनै विकल्प नरहेकाेले तत्काल आफुमा सुधार गर्न चेतावनी दिनु भयाे ।

कार्यक्रम मा पुर्व केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद दाहाल, जाेरपाटि ईकाइका अध्यक्ष तेज कुमार खड्का लगायत ले आफ़नो धारणा राखेका थिए भने कार्यक्रम संयाेजन तथा संचालन सह सचिव लक्ष्मी लामिछानेले गर्नु भएकाे थियाे ।