भगवान शिवको प्रिय महिना, किन भनिन्छ श्रावण लाई उत्कृष्ट महिना ?

श्रावण (साउन) महिनालाई सबैभन्दा उत्तम (सर्वोत्तम) महिना भनिन्छ । यी ५ ओटा तथ्यले बताउँछ कि श्रावण किन सर्वोत्तम महिना हो ।

१- मरकन्डू ऋषिका पुत्र मारकण्डेयले लामो आयूका लागि श्रावण महिनामै घोर तपस्या गरेर भगवान शिवको कृपा प्राप्त गरेका थिए । जसबाट मिलेका मन्त्र शक्तिका अगाडि मृत्युका देवता यमराज पनि नतमस्तक भएका थिए 

२. भगवान शिवलाई श्रावण महिना प्रिय लाग्नुको कारण यो पनि छ कि, भगवान शिव श्रावण महिनामै पृथ्वीमा अवतरित भए आफ्नो ससुराली गएका थिए । त्यहाँ उनको स्वागत अर्घ्य र जलाभिषेकबाट गरिएको थियो । मानिन्छ कि प्रत्येक वर्षको श्रावण महिनामा भगवान शिव आफ्नो ससुराली आउँछन् । भू–लोक वासीका लागि भगवान शिवको कृपा पाउने यो उत्तम उपाय हो । 

३. पौराणिक कथामा वर्णन गरिएको छ कि यसै श्रावण महिनामा समुद्र मन्थन गरिएको थियो । समुद्र मन्थन पछि नै कालकूट विष निस्किएको थियो । जसलाई भगवान शिवले आफ्नो कण्ठमा समाहित गरेर सृष्टिको रक्षा गरेका थिए । तर विष पानका कारण महादेवको कण्डा निलो रंगको भयो । जसबाट शिवको नाम ‘नीलकण्ठ महादेव’ पनि रहन गयो ।