संखुवासभामा पहिरोमा परि ११ जना बेपत्ता, जनजीवन प्रभावित

काठमाडौं । संखुवासभाको सिलिचोङ गाउँपालिका १ मा गएराति गएको पहिरोमा परि ११ जना बेपत्ता भएका छन् । आठवटा घर बगेका छन् ।

बेपत्ताको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभा डीएसपी नवराज मल्लले जानकारी दिए । उनका अनुसार पहिरोमा हराइरहेकाहरुको खोजी जारी छ ।