सिके राउतलाई तानाशाहीको आरोप लगाउँदै ७ केन्द्रीय सदस्यले गरे पार्टी परित्याग

नवलपरासी पश्चिम । डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीका ७ जना केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन् । डाक्टर राउत र सरकार बिचको ११ बुँदे सहमति र डाक्टर राउतको नेतृत्वप्रति असन्तुष्ट बनेका उनको पार्टीका केन्द्रीय सदस्य कैलाश महतो सहित ७ जना केन्द्रीय सदस्यले पार्टीबाट सामुहिक रुपमा पत्रकार सम्मेलन गरि पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

पार्टी परित्याग गर्नेमा नवलपरासीबाट पार्टीका केन्द्रीय सदस्यहरु कैलाश महतो, धुव्र प्रसाद गौड, राजमित पासवान, कपिलबस्तुका हकिकुल्ला मुसलमान, सिरहाकि सतिला यादव, बाराका दिनेश प्रसाद यादव, पर्साका संजय कुमार साहले पार्टी परित्याग गरेका हुन् । कैलाश महतो, डाक्टर राउतद्धारा गठित तत्कालिन स्वतन्त्र मधेश गठबन्धनका सहसंयोजक तथा निकट थिए।

 

डाक्टर राउतले मधेशको हकहितमा आवाज बुलन्द नगर्ने बरु उल्टै नेकपा नेतृत्व सरकारको वकालत गर्दै मधेका एजेण्डालाई पनि बिर्सिदै गएको र मनोमानी ढंगबाट पार्टी चलाउने कार्यप्रति असन्तुष्ट ति ७ जना केन्द्रीय सदस्यहरुले पत्रकार सम्मेलन गरि पार्टी परित्याग गरेको पार्टीका केन्द्रिय सदस्य कैलाश महतोले जानकारी दिए