आफ्नै घर आफै गाउँपालिका अध्यक्ष्य -ककनीमा मनाेमानी

नुवाकोटको ककनी गाउँपालिकाले स्थायी कार्यालय बनाउन पहल नगरी अध्यक्षको आफ्नै घर भाडामा लिएर कार्यालय सन्चालन गरिरहेको पाईएको छ । लामो समयदेखी अर्का स्थानिय सरोज लामाको घरमा सन्चालन हुँदै आएको गापा कार्यालय अहिले गाउँपालिकाका अध्यक्ष मानवहादुर लामाको आफ्नै घरमा सारिएको हो ।

सार्वजनिक तथा सरकारी कार्यालयले कसैको घर भाडामा लिनुपर्ने भए टेण्डर आव्हान गर्नुपर्ने सार्वजनिक खरिद नियमावलिमा व्यवस्था छ । तर गाउँपालिकामा प्रतिस्पर्धा बिनै अध्यक्ष लामाको ईच्छामा उनको निजी घर भाडामा लिईएको हो । घर भाडामा लगाउन कार्यालयले सार्वजनिक सुचना नागरिकसम्म पुग्नेगरी प्रवाह नगरेको समेत भेटिएको छ ।

ककनी गाउँपालिका वडा नंवर ४ वडाध्यक्षका प्रत्यासी कर्माचन्द्र लामाका अनुसार गाउँपालिका अध्यक्षको तजबिजीमा गाउँपालिकाको केन्द्र सरेको र यसले गाउँपालिकाको कारकारवाही र मातहतको बिषयगत कार्यालयको निगरानिमा समस्या भई नागरिकले दुख पाईरहेको वताए ।

अध्यक्ष, उपाध्यक्ष प्रशाशकिय अधिकृत र लेखा अधिकृतको कार्यालय एकातिर तथा अन्य बिषयगत शाखा कार्यालयहरु अन्यत्र हुँदा ति शाखाले राम्रोसंग काम गरेको नगरेको कसरी निगरानी हुन्छ त भनि प्रश्न उनले गरे ।

ककनी गाउँपालिकाका काङ्ग्रेस नेता कृष्ण सिलवाल भन्छन्; पहिला गाउँपालिका रहेको सरोज लामाको घर नै उपयुक्त थियो, तर टेण्डर समेत आव्हान नगरी आफ्नै घरमा कार्यालय सारिएछ । भाडादर के कती हो त्यो पनि जानकारी दिईएको छैन, सुचना निकालेर प्राप्त निबेदनका आधारमा घटीघटाउ गरेर पो भाडामा लिनुपर्ने हो त । पहिला रहेको घर योग्य छैन भनेर रातारात डिजाईन गरिएछ्, हामिले निर्णय गरेर बिस्तृत सुचना माग गरेका छौँ, प्रमुख प्रतिपक्षी दलका गापा सभापतीले भने ।

सार्वजनिक सुचना ननीकाली किन आफ्नै घर भाडामा लगाएको भनेर ककनीका अध्यक्ष मानवहादुर लामालाई सोध्दा आफुहरुले सबै वडामा टाँस भनेर सुचना दिएको तर टाँसेको नटाँसेको बारे सबैकुरा थाहा नभएको वताए । अध्यक्ष लामाले भाडामा लगाईएको घर आफ्नो नभई श्रीमतीको नाममा रहेको जनाएका छन यधपी श्रीमान श्रीमती संगै बस्ने गरेको लामाले वताएका छन।