HOT NEWS :चिनियाँ सेनाको आक्रमणमा अधिकृतसहित ३ भारतीय सैनिकको मृत्यु

लद्दाखमा चिनियाँ सेनासँगको भिडन्तमा एक भारतीय सेनाका अधिकारी र दुई सैनिक सहति ३ जनाको मृत्यु भएको छ । सन् १९६२ पछि पहिलो पटक लद्दाख क्षेत्रमा भारतीइ र चिनियाँ सैनिकहरूको बीचमा झडप भएको हो । रातमा पछाडि फर्कने प्रक्रिया दुवै दुबै सेनाबाट भइरहेको थियो, तर अब अचानक चिनियाँ सेनाले कदम चालेको र सायद गोलीबारी भएको र एक भारतीय सेनाका अधिकारी सहित ३ जनाको मृत्यु भएको भारतीइ सञ्चारमाध्यमले जनाएका छन् ।

दुबै देशका सेनाले लाईन अफ एक्चुयल कन्ट्रोलमा र अन्य उपकरणहरू पनि संकलन गर्नुका साथै सैनिकको संख्या पनि बढाईरहेका छन् । भारतीय सेनाले लद्दाखमा निर्माण कार्य गरिरहेको छ, जसमा चीनले आपत्ति जनाएको छ। भारतले आफ्नो क्षेत्रमा निर्माण कार्य गरिरहेको चीनको दाबी छ ।