आज एकै दिन ४ सय ५१ नयाँ संक्रमित थपिए, कुल ६ हजार नाघ्यो

असार १ काठमाण्डौं । नेपालमा कोरोना संकमितको संख्या अहिले सम्मकै सबै भन्दा धेरै एकै दिन ४ सय ५१ जना संक्रमित भएका छन् । जस मध्य ४ सय १६ पुरुष र ३५ जना महिला रहेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो सगँै देशभर संक्रमितको जम्मा संख्या ६ हजार २ सय ११पुगेको छ । जस मध्य महिला ४ सय ७१ रहेका छन् भने बाँकी पुरुष रहेका छन् ।

२२ वटा प्रयोगशालामा भएको परीक्षणमा उक्त संक्रमित फेला परेका हुन् । यसै गरी २४ घण्टामा ६७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

काठमाण्डौ, रौतहट , रोल्पा, नुवाकोट, मोरङ, सुनसरी, झापा, कैलाली, अछाम लगायतका जिल्लाबाट संक्रमित थपिएका हुन् । कोरोनाबाट हाल सम्म १९ जनाको मृत्यु भईसकेको छ ।

यस्तै निको हुनेको संख्या १ हजार भन्दा बढी छ ।