अब ‘मेरो सेयर’को अटोमेटिक नवीकरण हुने

काठमाण्डौ । अब ‘मेरो सेयर’ नवीकरण अटोमेटिक हुुने भएको छ । अर्थात् सिडिएससीको ‘मेरो सेयर’ पोर्टलमा ईसेवा समेत फिचर जोडिइएकाले लगानीकर्ताहरुको ‘मेरो सेयर’ रियलटाइममा स्वतः नवीकरण हुने भएको हो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निक्षेप सदस्य(डीपी)लाई ‘मेरो सेयर’को नवीकरण शुुल्क इसेवामार्फत भुुक्तानी गर्न मर्चेन्ट खाता खोल्न निर्देशन दिएको छ ।

गत सोमबार सिडिएससीले सम्पूूर्ण डीपी सेवाप्रदायक कम्पनीहरुलाई पत्राचार गर्दै ‘मेरो सेयर’ एप्लिकेशनमा परिमार्जन गरेको व्यहोरा उल्लेख गरेको छ ।

भोलिसम्म इसेवासँग समन्वय गर्न निर्देशन दिएको सिडिएससीले मेरो सेयरको वार्षिक नवीकरण शुुल्क ५० रुपैयाँ निकट भविष्यमै इसेवाबाहेक कनेक्ट आइपीएस, खल्तीलगायतका अन्य अनलाइन पेमेन्ट गेट्वेबाट समेत भुुक्तानी गर्ने व्यवस्था मिलाइन गइरहेको सिडिएससीले जनाएको छ ।

सिडिएससीमा आबद्ध ७५ डीपीमध्ये अधिकांश ब्रोकर कम्पनीका डीपी र मर्चेन्ट बैंकका डीपीहरुसमेत यसअघि नै इसेवामा आबद्धता जनाइसकेका छन् भने लगानीकर्ताहरुले समेत संसारका जुुनसुुकै कुुनाबाट ‘मेरो सेयर’को नवीकरण इसेवाबाट गर्दै आइरहेका छन् ।