आज गुरु पूर्णिमा

काठमाडौं– आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र […]

आज दिनभर पानी पर्ने !

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेकोे छ ।  महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ । यसैगरी, पूर्वानुमानले हाल देशभर बदली रहेको छ र देशभर थोरै स्थानहरुमा वर्षा भइरहेको जनाएको छ ।  महाशाखाले जारी गरेको शुक्रबारको मौसम पूर्वानुमानका अनुसार आज […]

रुकुम घटनामा २३ जना पुर्पक्षका लागि थुनामा

१० असार, काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा भएको सामूहिक हत्या काण्डमा संलग्न रहेको अभियोग लागेका २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । तीन जनालाई साधारण तारेख र एक जनालाई धरौटीमा छाड्न आदेश भएको छ । जिल्ला अदालत, रुकुमका न्यायाधीश विद्याराज पौडेलको इजलासले २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको सरकारी […]

मनसुन सक्रिय, बिहानैदेखि देशैभर वर्षा

काठमाडौं । मनसुन देशैभर फैलिएकाले पूर्वतयारी (वर्षा, बाढी, पहिरो तथा डुबान) बच्नमा लाग्न मौसम पूर्वानुमान महाशाखाले आह्वान गरेको छ। महाशाखाका अनुसार जुन १२ मा देशको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुन जुन २१ देखि देशैभर फैलिएको छ । आइतबार साँझ महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भनिएको छ, ‘आज (आइतबार) जुन २१ देखि देशैभर मनसुनको प्रभाव परेको […]

आफ्नै घर आफै गाउँपालिका अध्यक्ष्य -ककनीमा मनाेमानी

नुवाकोटको ककनी गाउँपालिकाले स्थायी कार्यालय बनाउन पहल नगरी अध्यक्षको आफ्नै घर भाडामा लिएर कार्यालय सन्चालन गरिरहेको पाईएको छ । लामो समयदेखी अर्का स्थानिय सरोज लामाको घरमा सन्चालन हुँदै आएको गापा कार्यालय अहिले गाउँपालिकाका अध्यक्ष मानवहादुर लामाको आफ्नै घरमा सारिएको हो । सार्वजनिक तथा सरकारी कार्यालयले कसैको घर भाडामा लिनुपर्ने भए टेण्डर आव्हान गर्नुपर्ने सार्वजनिक खरिद […]

आजकाे माैषम ,रातिदेखि बर्षा जारी

काठमाडौं ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विहीबारसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । नेपालको पूर्वी र मध्य भू-भागमा मनसुनी वायु तथा पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभावका कारण वर्षा हुने जानकारी दिएको हो । महाशाखाले आज (मंगलबार) देशका धेरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको हुँदा सतर्कता अपनाउन चेतवानी दिएको छ । महाशाखाका अनुसार मुलुकका […]

नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन

३१ जेठ, काठमाडौं । लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ । शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो । बैठकमा २५८ सांसद उपस्थित थिए । सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिएका छन् । यससँगै […]

भारतीय नागरिकले प्रहरीको बन्दुक खोसेपछि सर्लाहीमा झडप, एक जनाको मृत्यु

३० जेठ, वीरगञ्ज । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । त्यसक्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले मृत्यु हुनेको परिचय खुलिनसकेको बताए । उनले भने, ‘घटनामा भारतीय पक्षका दुई […]

बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन

२९ जेठ, काठमाडौं । सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन भएको छ । प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर पारेको छ । कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेर सरकारविरुद्ध प्रदर्शन भएको हो । ११ चैतदेखि लकडाउन सुरु भययता यति धेरै संख्यामा […]

संविधान संशोधनको विषय किन कार्यसूचीमा राखियो, किन हटाइयो?, थाहा छैन : कांग्रेस मनोज सत्याल

प्रतिनिधि सभाको बुधबारको सम्भावित कार्यसूचीमा नेपालको नयाँ नक्सा समेटिएको निशान छाप राख्नेसम्बन्धी संविधान संशोधन प्रस्ताव पेश हुने उल्लेख थियो। तर अन्तिम समयमा उक्त प्रस्ताव कार्यसूचीबाट हटाइयो। सामान्यतया संसद बैठक हुने अघिल्लो दिन नै सम्भावित कार्यसूची प्रकाशित हुन्छ। यस्तो कार्यसूची सभामुखसँगको परामर्शमा संसद सचिवालयको कार्यव्यवस्था शाखाले निकाल्छ। संसद सचिवालयका सूचना पाटीमा यस्तो कार्यसूची टाँस हुन्छ। तर […]